Fri. Mar 14th, 2025

जापानमा पाँच नेपाली पक्राउ

२० माघ, काठमाडौं । अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपाय रचेर कामदारलाई जापान पठाउन थालेका छन् ।

Japanमानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको आजको नागरिक दैनिकमा समाचार छ ।

बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागेर अनुसन्धान गर्दा उनीहरु दलाललाई मोटो रकम तिरेर जापान प्रवेश गरेको पुष्टि भएको हो ।

भिक्षु भेषमा जापान कामदार पठाउने दलालले एयर टिकटबाहेक १३ लाख रुपैयाँ सम्म असुल्ने गरेको पक्राउ परेकाहरुबाट खुलेको छ ।

About The Author

अन्य समाचारहरु: