Fri. Mar 14th, 2025

९० हजार नगद सहित धादिङ लापाका भिर्पा तामाङ पक्राउ

virpa१९ माघ, धादिङ  – भारतीय नम्बरहरुमा नेपालीहरुलाई मिस्कल गर्ने र जो नेपालीले कल गर्दछ उसलाई बिभिन्न प्रलोभन दिएर रकम ठगी गर्ने उत्तरी धादिङको लापा गाँउ विकास समितिको वडा ३ का भिर्पा तामाङलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उनीसँग रहेको ९० हजार नगद पनि पक्राउ गरिएको छ । उनले सुरुमा थुप्रै नम्बरहरुमा Miss Call दिने, जवाफ दिने, मोवाईल हकमा बिदेशबाट तपाईको नाममा लोटरी प¥यो अब तपाईको रजिष्टेसन कार्यको लागी IME मार्फत ५० हजार पठाउनुहोस भनि फोन गर्ने वा कौन बनेगा करोडपति भनि नक्कली बोली बोल्ने, शुरु किस्ता पठाई सकेपछि पुनः एक डेढ लाख माग गर्ने गरेको पाइएको छ ।
पीडितले प्रहरीलाई खबर गरेपछि खोजी कार्य जारी गरेको थियो ।

About The Author

अन्य समाचारहरु: