Fri. Mar 14th, 2025

रइले ढुङगा खानेपानी आयोजनाको निर्माणपछि गजुरीका स्थानीय खुसी

khanipani aayojana 1१९ माघ, धादिङ – धादिङको गजुरी गाँउ विकास समितिमा निर्माण गरिएको रइले ढुङगा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमकाबीच अक्फाम नेपालका कन्ट्री डाइरेक्टर सिसिलियाले उद्घाटन गरेका हुन् । खानेपानी आयोजना अक्फाम नेपालको ६ लाख र फोकस नेपालको ४ लाख गरी १० लाखको लागतमा निर्माण गरिएको हो ।

aayojan 2

आयोजना निर्माण भएपछि गजुरी गाविस वडा नं १ र ३ का १८ घरधुरीका ९२ जना लाभान्वित भएका छन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले पानीको मुहान सुकेपछि बस्ती तल रहेको खोलाको पानी खान बाध्य भएका त्यहाँका स्थानीयहरु आयोजना बनेपछि खुसी भएका छन् ।

khanipani aayojana 3

दुई गाविसलाई हुने गरि गजुरीको वडा नं १ मा ट्याङकी निर्माण गरिएको छ । त्यसबाट ४ वटा समुदायमा धारा निर्माण गरिएको फोकस नेपालका अध्यक्ष हेमराज छत्कुलीले जानकारी दिए ।

aayojana 4

About The Author

अन्य समाचारहरु: