Fri. Jan 31st, 2025

धादिङ क्षेत्र नं २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सकियो

rastapati running 1१८ माघ, धादिङ – पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्र्तगत धादिङ क्षेत्र नं २ को प्रतियोगीता आज सकिएको छ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एड्भान्स एकेडेमीको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको धादिङको संयोजनमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगीतामा धादिङ क्षेत्र नं २ भित्रका १९ विद्यालयका विद्यार्थीहरुलाई एथ्लेटिक्स, भलिबल र कर्बर्डी, म्याराथुन लगायतका खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो ।

विभिन्न खेलहरुमा विद्यार्थीले ल्याएको अङ्क परिणाम अनुसार सत्यवती उमावि कुम्पुर प्रथम, एड्भान्स एकेडेमी नीलकण्ठ द्धितीय, बालमन्दिर मावि नीलकण्ठ तृतीया र धादिङ आवसिय उच्च मावि नीलकण्ठ सान्त्वना भएका छन् ।

rastapati running2

निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुलाई मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगीता अन्र्तगत माघ ४ गतेदेखि निर्वाचन स्तरिय छनोट प्रतियोगीता सुरु भएको छ । निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्र नं १ र ३ को छनोट प्रतियोगीता पनि सम्पन्न भइसकेको छ । माघ २७ गतेदेखि २९ गतेसम्म जिल्लास्तरीय प्रतियोगीता आयोजना गरिने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ ।

निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता व्यवस्थित बनाउन जिल्ला खेलकुद विकास समितिले जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एक/एक जना संयोजक तोकेर काम अघि बढाएको छ ।

About The Author

अन्य समाचारहरु: