१८ माघ, धादिङ – बंगलादेशमा भइरहेको यु–१९ विश्वकपमा नेपालले भारतलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १६९ रन बटुलेको हो ।
नेपालले खेलको इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको थियो । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए ।
बंगलादेशमा जारी प्रतियोगीतामा कप्तान राजु रिजाल ६ रनमै आउट भए । सन्दिप सुनार ३७ रनमा आउट भए भने उपकप्तान आरिफ शेख २६ रनमा आउट भए । दीपेन्द्र ऐरी रनआउटमा नै सिमित भए । कुशल भुर्तेल ६ रन बनाएर आउट भए । राजवीर सिंह ३५ रनमा आउट भए ।