Wed. Mar 5th, 2025

कांग्रेस महाधिवेशन : सुशील कोइरालालाई नउठ्न दबाब

shusil koirala१८ माघ, धादिङ – कांग्रेस सभापति सुशील कोइरालालाई पार्टीको १३ औँ महाधिवेशनमा उम्मेदवार नबन्न संस्थापन पक्षकै प्रभावशाली नेताहरुले दबाब दिएका छन्। पार्टी सञ्चालनको कार्यशैली र असोज २५ मा प्रधानमनत्री निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण कार्यकर्तामा असन्तुष्टि बढेको भन्दै उम्मेदवार नहुन दबाब दिइएको हो।

उनीहरुले १२ औँ महाधिवेशनजस्तो अवस्था यसपटक नरहेको भन्दै कोइरालालाई सजग रहन समेत आग्रह गरे। तर कोइरालाले भित्रभित्रै उम्मेदवारीको तयारी गरिरहेको स्रोतको भनाई छ। संस्थापन पक्षबाट उम्मेदवार तय गर्न सभापति कोइरालाले आइतबार साँझ महाराजगन्जस्थित निवासमा बोलाएको बैठकमा उपसभापति रामचन्द्र पौडेलले आफ्नो पक्षमा उम्मेदवारी निर्णय गर्न आग्रह गरेका थिए। उनले आफू धेरै अघि बढिसकेको बताउँदै पछि नहट्ने बताए। तर पौडेलप्रति दोस्रो पुस्ताका नेताहरुले समर्थन जनाएनन्।

महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत र अर्जुनरसिंह केसीले पार्टीको तीन शीर्ष नेतृत्वप्रति नै कार्यकर्ताको धारणा नकारामत्मक रहेको भन्दै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए। कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: