१८ माघ, धादिङ – बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छन् । सन् १९८८ देखि हुँदै आएको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा भारत तीन पटक च्याम्पियन बनिसकेको छ ।
सन् २००२ देखि २००८ सम्मका प्रतियोगितमा छनौट भएको नेपाल त्यसपछिको सन् २०१० मा छनौट हुन सकेन भने सन् २०१२ मा खेलेको नेपाल फेरि २०१४ मा छनौटमा पर्न सकेन । यो पटक भने छनौटमा परेर अहिलेसम्म राम्रो प्रदर्शन गरेको नेपालले क्वाटरफाइलनमा स्थान बनाएको छ ।
समूह डीमा रहेको नेपालले आफ्ना दुवै खेल जितेर अन्तिम ८ मा स्थान पक्का गर्यो । नेपालले सोमबार दुवै खेल जित्दै अन्तिम ८ मा स्थान बनाएको भारतसँग खेल्दैछ ।
भारत र नेपालबिचको खेल बिहान पौने ९ बजेपछि बंगलादेशको राजधानी ढाकामा सुरु हुनेछ । यो खेलले समूह विजेताको टुंगो लगाउने छ । समूहका अरु दुई टिम आयरल्याण्ड र न्युजिल्याण्डले पनि खेल्दै छन् ।