Tue. Nov 26th, 2024

नेपाललाई दुई वर्षभित्र ९४० मेगावाट बिजुली : भारत

Light-e1419470339130१७ माघ, काठमाडौं – नाकाबन्दी लगाएर इन्धन संकटको कारण बनिरहेको भारतले आगामी २ वर्षभित्रमा नेपाललाई लोडसेडिङमुक्त बनाउन सहयोग गर्ने भएको छ। उसले साविकभन्दा ५ गुणा बढी बिजुली दिने प्रतिबद्धता जनाएको छ।

‘सन् २०१७ को अन्त्यसम्म अन्तरदेशीय प्रसारण लाइनका अतिरिक्त अन्य प्रसारण लाइनको क्षमतामा अभिबृद्धि गरी ९४० मेगावाटसम्म बिजुली आपूर्ति गरिनेछ,’ भारतीय राजदूत रणजित रायले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणाअनुसार तत्काल नेपाललाई उज्यालो पार्न यो परिणाममा बिजुली दिनेछौँ। यो अल्पकालीन सहयोगमात्र हो, दीर्घकालमा नेपालले बिजुली उत्पादन बढाएर निकासी गरी भारतको अर्थतन्त्र बृद्धिमा सहयोग पुर्‍याउनेछ।’

हाल नेपाल भारत १२ नाकाबाट २०० मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ। २ वर्षभित्रमा कटैया–कुसाह र रक्सौल–परवानीपुरबाट १००, क्रसबोर्डरबाट ४८० र २२० केभी प्रसारणलाइनबाट थप १०० गरी कुल ९४० मेगावाट बिजुली आपूर्ति गरेर नेपाललाई उज्यालो पार्ने राजदूत रायले स्पष्ट परे। अहिले २४० मेगावाटसम्म आयात भइरहेको छ।

नेपालको तुलनात्मक लाभको क्षेत्र जलस्रोत भएको बताउँदै राजदूत रायले नेपालको ऊर्जा विकासमा दुबै मुलुक प्रतिबद्ध रहेको उल्लेख गरे । हाल विद्युत प्राधिकरणले सुख्खायाममा ३०० मेगावाटमात्र विजुली उत्पादन गरिरहेको जानकारी दिँदै उनले यसको ३ गुणा बिजुली आयात बढ्ने जानकारी दिए । कारोबारबाट

About The Author

अन्य समाचारहरु: