धादिङ – सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङले जोगीमारा गाउँ विकास समितिको खोरभन्ज्याङ सामुदायिक वन उपभोक्ता समुहका ५० जना अति विपन्न चेपाङ, दलित, जनजाती समुदायका ब्यक्तिहरुलाइ जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको छ ।
यु एस ए आइडीको आर्थिक सहयोगमा जिल्ला महासंघ धादिङले संचालन गरेको हरियो बन कार्यक्रम अन्तरगत समुहका गरिव र विपन्न सदस्यहरु पहिचान गरि उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउने उद्येश्य अनुरुप सहयोग गरिएको सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङका अध्यक्ष भक्त बहादुर सिंखडाले जानकारी दिए ।
महासंघले संचालन गरिरहेको हरियो बन कार्यक्रमको जिविकोपार्जन सुधार योजना अन्तरगत समुहका सवै सदस्यहरुको सम्पन्नता स्तरीकरण गरि ५० जना विपन्न सदस्यहरु छनौट गरिएको थियो । उनीहरुले आफ्नो समुहबाट केही रकम लगानी गरेपछि त्यसमा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघले प्रतिब्यक्ति नगद १२ हजार ८ सय २५ रुपैया सहयोग गरेको थियो भने त्यसमा उनीहरु आँफैले थप लगानी गरी आयआर्जनमुलक व्यवसाय संचालन गर्नुपर्ने सामुदायिक बन महासंघ जिल्ला महासंघ धादिङका रन्जित सिलवालले बताए । उनीहरुले पाएको पैसा बाख्रापालन, भैसीपालन, कुखुरापालन, चटपटे ब्यवसाय जस्ता साना ब्यवसाय गर्न सक्ने महासंघले जनाएको छ ।
वैशाख १२ गतेको विनाशकारी भुकम्पवाट असजह बनेको दैनिकीलाइ सामुदायिक बन उपभोक्ता महासंघको सहयोगले केही राहत मिलेको खोरभन्ज्याङ सामुदायिक बन उपभोक्ता समुहकी सदस्य दिलकुमारी चेपाङले बताएन् । अव आफुले पाएको पैसा गाउँघरमै सानातिना ब्यवसाय गरि तथा कखुरा पालेर दैनिक घरखर्च चलाउने पैसा बनाउने सोच रहेको नगद वितरण कार्यक्रममा बताइन् ।
सहयोग रकम प्रदान गर्नको लागि सामुदायिक बन उपभोक्ता महासंघ राष्ट्रिय सचिवालयका महासचिव भारती पाठक केन्द्रिय सदस्यहरु भरत घले कविता इटनी गाविस महासंघका महासचिव भीम प्रसाद ढुङगाना लगायतका ब्यक्तिहरु खोरभन्ज्याङ पुगेका थिए ।