१६ माघ, धादिङ – धादिङको बेनिघाट गाऊँ विकास समितीका चेपाङ समुदायलाई शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
गाविसको वडा नंबर १, २, ५, ६, ७, ८ र ९ का चेपाङ समुदायहरुलाई वल्र्ड भिजन इन्टरनेशनल नेपाल धादिङले न्यानो कपडा वितरण गरेको हो । प्रत्ेयक परिवारलाई डस्ना, बच्चाका बाक्ला कपडा, ब्लाङ्केट, ज्याकेट लगायतका कपडा वितरण गरिएको नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङले जानकारी दिए । न्यानो कपडा पाएपछि बेनिघाटका १ सय ५५ चेपाङ परिवार खुसी भएका छन् ।
नेपाल चेपाङ संघ र गाविस कार्यलयको व्यवस्थापन तथा जिल्ला प्रशाशन कार्यलय धादिङको संयोजनमा सामाग्री वितरण गरिएको हो ।