१६ माघ धादिङ – १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्र्तगत नेपालले दोस्रो खेल आज आयरल्याण्डसँग खेल्दैछ । खेल बंगलादेशको फल्तुल्लाह रहेको खान साहेब ओसमान अलि रंगशालामा बिहान पौने ९ बजे सुरु हुनेछ ।
पहिलो खेलमा टेस्ट मान्यता प्राप्त बलियो टोली न्युजील्याण्डलाई ३२ रनले हराएको नेपाल आयरल्याण्डसँग पनि जित हाँसिल गर्ने मौकामा छने ।
यसअघि मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई हराएको थियो ।
शनिबारको खेल जिते नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । समूह डी मा रहेको नेपाल २ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ भने समान अंक भएपनि भारत पहिलो स्थानमा छ ।
तेस्रो स्थानको न्युजिल्याण्ड र चौथा स्थानको आयरल्याण्डले अंक नै जोड्न सकेका छैनन् । प्रतियोगितामा चार समूहमा रहेका टोली १६ टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहेने टोली अघिल्लो चरण प्रवेश गर्ने छन् ।