Tue. Mar 4th, 2025

काँग्रेसको नेतृत्व चयन आजबाट, धादिङका सबै गाविस र वडा नगर समितिमा निर्वाचन

flag-of-nepali-congress१५ माघ, धादिङ – नेपाली काँगे्रसको १३ औँ महाधिवेशनका लागि आजदेखि गाँउ, नगर वडा र नगर अधिवेशन मुलुकभर एकैसाथ सुरु भएको छ ।

अधिवेशनको रौनक नेपाली काँग्रेस धादिङमा पनि देखिएको छ । धादिङमा १ वटा नगरपालिका सहित ४६ वटा गाविसहरुमा आजदेखि एकै साथ अधिवेशन सम्पन्न हुदैछ । धादिङमा माघ १५ गते ४६ वटा गाँउ अधिबेशन नीलकण्ठ नगरपालिकाको १३ वटै वडाको  वडा अधिवेशन, माघ १६ गते नीलकण्ठ नगरपालिकाको नगर अधिवेशन, माघ २४ गते ३ वटै निर्वाचन क्षेत्र स्तरीय अधिवेशन र माघ २५ गते नेपाली काँग्रेसको जिल्ला अधिबेशन गरिने नेपाली काँग्रेस धादिङले जनाएको छ ।

गाँउ, नगर वडा र नगर अधिवेशनका लागि सुरु हुनै लाग्दा जिल्ला सभापति बन्नेको पनि लर्को लागेको छ । जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि बन्नका लागि गाँउ र नगरबाट निर्वाचित भएर आउनु पर्ने भएकाले सम्पूर्ण नेताहरुको ध्यान यतिखेर त्यसतर्फ केन्द्रित भएको छ । केन्द्रिय गुट भन्दापनि आफू निर्वाचित हुनका निम्ति जिल्ला नेताहरुले गाँउ-गाँउमै आफ्नो नयाँ गुट निर्माण गरेका छन् ।

मलुकमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको छ ।

About The Author

अन्य समाचारहरु: