१५ माघ, धादिङ – पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्र्तगत धादिङ निर्वाचन क्षेत्र नं २ को छनोट खेल आजदेखि सुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समितिको धादिङको संयोजनमा एड्भान्स एकेडेमीले प्रतियोगिताको आयोजना गरेको छ । धादिङबेसीको एड्भान्स एकेडेमीमा हुने प्रतियोगीतामा क्षेत्र नं २ मा रहेका १९ वटा विद्यालयको सहभागीता रहने छन् ।
निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजयी खलाडीहरुलाई मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगीतामा एथ्लेटिक्स, हाइजम, लमजम्प, भलिबल, फुटबल, बक्सिङ लगायतका खेलहरु हुने क्षेत्र नं २ का संयोजक रमेश कोइरालाले जानकारी दिए ।
यस अघि क्षेत्र नं १ र ३ को छनोट प्रतियोगीता सम्पन्न भइसकेका छन् । छनोट भएका विद्यालयहरुलाई माघ २७ गतेदेखि २९ गतेसम्म धादिङबेसीमा हुने जिल्ला स्तरीय प्रतियोगीतामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ ।