Wed. Feb 26th, 2025

विश्वकपमा नेपालको पहिलो जित

U-19-Cricket-Team१४ माघ, धादिङ – नेपालले अन्डर १९ विश्वकपमा न्यूजिल्याण्डलाई पराजित गरेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २सय ३८ रन बटुलेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।

About The Author

अन्य समाचारहरु: