Mon. Mar 3rd, 2025

नेपाली काँग्रेसको महाधिबेशनमा युवा नेतृत्व

देवीप्रसाद अधिकारी – 

devi adhi

यो महिना नेपाली जनताको बिशेस गरेर काँग्रेसीहरुको लागि बिशेष महिना हो । काँग्रेसको तेह्रौ महाधिबेशनबाट जिल्ला जिल्लामा नयाँ नेतृत्व चयन हुदैछ । गाउँ, नगर, जिल्ला, र केन्द्रले पुन अनुमोदित वा नयाँ नेतृत्व प्राप्त गर्दै छन् । सदा नेपाली राजनितिको मुख्य भूमिकामा रहदै आएको देशको सम्पूर्ण अबस्थाको हिस्सेदार र जिम्मेवार शक्तिको यो माहामेलामा आम नेपाली र विश्व समुदायको ध्यान जानु स्वाभाविक नै हो ।

अधिबेशनको यो संघारमा पार्टी संगठन र सुद्धीकरणका केही अवयवहरुको चर्चा गर्नु सान्र्धबिक ठानेको छु । छ दशक लामो पार्टीको नेतृत्व बिकासक्रम केलाउने हो भने बिरलै मात्र हरेक तह र तप्कामा स्वतस्फूर्त नेतृत्व चयन भएका छन् ।

यस्को मतलब यो होइनकि नेतृत्व प्रजातान्त्रिक तवरबाट आएका छैनन् तर बाह«वटा माहाअधिवेशन सम्पन्न भै सकेको यती लामो अवधिमा लोकतन्त्रको हिमायति ठान्ने पर्टाीले विना गुट, उपगुट र झुण्डहरुबाट मुक्ति पाएन । पार्टीको कुनै पनि तह र तप्काको उमेरद्वारी र विजय प्राप्तिको लागि जस्तो सुकै प्रभावशाली व्यक्ति पनि यिनै चङ्गुलमा फसेका देखिन्छन र अरु कतिपय अवस्थामा त ति आवश्यक र प्रभाव भएका व्यक्तिहरु झनै लोकतान्त्रिक भनिने चुनावी प्रकृयाबाट नै हारको पगरी गुथाएर पाखा लगाईएका उदाहरण प्रशुस्त छन् ।

यो परिस्थिति विचमा काँग्रेसले प्रजातन्त्रको या लोकतन्त्रको इतिहासमा सबैभन्दा वढि समय यो मुलुकको सरकारको नेतुत्व गर्ने अवसर बटुल्यो । उसको नेतृत्वको सुरुवातामा यो देशको आर्थिक बृद्धिदर झन्डै आठ प्रतिशत पुग्न लागेको थियो । देशले विकास र आर्थिक बजारीकरणमा सकारात्मक फड्को मार्दै गरेको थियो । पचासको दशका सुरुको दुई वर्ष आर्थिक उदारीकरणको नमूना नै बन्न सक्यो । तर विडम्बना २०५१ सालमा नेपाली काँग्रेसमा ठूलो सुनामी आयो । एकमना सरकारका तत्कालिन प्रधानमन्त्रिले व्यक्तिगत र गुटगत स्वर्थको लागी संसद विघटन गरिदिदा पार्टी र देशको भविश्य दिशा हिन जहाज जस्तै बन्यो । पार्टी थप गुट, उपगुट र झुण्डहरुको भूमरीमा फस्यो । त्यसयता उत्पादन भएका नेतृत्व अधिकांश त्यै स्कूलिङबाट स्थापित हुदै आएका छन् ।

यी र यस्ता इतिहासका प्रसङ्गलाई थातिँ राख्दै तेह्रो महाअधिवेशनको यो संघारमा यसैको परिवेश माथि चर्चा गर्नु उचित वा सान्धर्विक रहला । भनिन्छ बाह वर्षमा खोला पनि फर्किन्छ । हो पार्टीले पनि बाह्रौ माहाधिवेशनको अवयवलाई टुङ्गयाउँदै छ । बाह्र वटा महामेला पछि हुन लागेको यो महामेला पार्टीको नेतृत्व विकास, चयन र संरचना पद्धति फेरिदै छ । राज्य संघियतामा गै सकेको अवस्थामा यो अवश्यम् भावि पनि छ । तर फेरि पनि समकालीन नेतृेत्वको पहरेदारहरु वा नयाँ वा पुनः नेतुत्वको दावा गरिरहेकाहरुको तारतम्यता हेर्दा पार्टी माहाधिवेशन पछि पनि पुनः उहि गुट, उपगुटको चङ्गुलमा नफस्ला भन्ने ठाउँ छैन । हाल नेतृत्वमा रहेका र आकांक्षीहरुको गठजोड र चालढाल हेर्दा आश गर्ने ठाउँ झीनो बन्दै छ । तर पनि पार्टीका जिम्मेवार केहि पंति अगाडी सर्नु सकेको खण्डमा पार्टी भित्र सुद्धिकरण चाहने तप्का धेरै भएकोले केहि आश गर्न सकिने ठाउँ विद्यमान छ ।

त्यसैले देशभर छरिएर रहेका तमाम युवा, बृद्धिजिवी, स्वच्छ कार्यकर्ताहरुले आ–आफ्नो ठाउँबाट नेतुत्वको लागी प्रयास गर्नु जरुरी देखिन्छ । प्रतेक वडा , गाउँ, नगर, क्षेत्र र जिल्लाबाट कम्तिमा पनि केहि त्यस्ता व्यक्तिहरु मुख्य भूमिकामा आउन सकेमात्र यो पार्टी र सिङ्गै देशले केहि आशा राख्ने ठाउँ रहनेछ । नत्र उही पुरानै झुण्ड, गुट र उपगुटका मतियारहरु नाइके भएर हावि भएभने फेरी पनि यो पार्टी र देशको भविश्यमा ठूलो तुसारापात हुनेछ ।

विसौ वर्ष तिसौ वर्ष, पचासौ वर्ष नेतुत्वमा हावी भएर आफ्नै पार्टी भित्रका स्वच्छ कार्यकर्ताहरुलाई वर्ग शत्रु या सिद्धान्तको घोर विरोधि दर्जामा व्यावहार गरी संगठनलाई ध्वस्त बनाउने लोकतान्त्रिक पार्टीका अधिनायकवादीहरु पनः आ–आफ्नो विरासद धान्नको लागि परिवारबाद , नातावाद, कृपावाद, फरियावाद आदि बादबाट पार्टीमा हावी हुने चेष्ढा हुदैछ ।

हो देशकै पार्टीको नेतुत्व गरेका जीवनको महत्वपूर्ण समय खण्ड समाज र पार्टीको लागि समपर्ण गरेका व्यक्तिहरु पर्टीको मूलधार र संगठनबाट उपेक्षेती त हुन हुदैन । उहाँहरुको अनुभव पार्टी संगठनको लागि खुराक पनि हुन्छ । त्यसैले यो परिस्थितिलाई चिर्दै नेतृत्वमा आउन चाहनेले पनि यो स्पष्ट हुन जरुरी छ कि जुन गुट, उपगुटबाट नेतृत्वमा पुगेता पनि निर्वाचनको भोलिपल्टबाट आ–आफ्नो गुट, फुटलाई सर्लक बिर्सिएर पार्टीका तमाम कार्याकर्ता शुभेच्छुकहरुलाई सह प्रेम भातृत्व र सहभावको व्यावहार गरि आफ्नो नेतृत्व स्थापित गराउन तर्फ अग्रसर हुन पर्दछ । ताकी आफूले जितेको भोलीपल्ट देखी पार्टी कार्यालय कब्जामा लिएर आफ्नो प्रतिस्पधिलाई सहज प्रवेशमा बन्देज नहोस् ।

उनीहरुले पनि संगठनको अपनत्व महशुस हुने गरि पार्टी पद्धतिमा सहभागी हुने अवशर पाउन् । पार्टीमा स्थापित हुन नसकेको लोकतान्त्रिक अभ्यासको सुरुवात माहाधिवेशन पछिको पहिलो वैठकबाटै होस् र जस्को लागि पार्टी , देश र समाजलाई केही गर्छु भनि जीवनको अमूल्य समय अर्पण गरेका व्यक्तिको सोच र छाती चौडा हुनुपर्दछ । त्यो सोच र हृदयभित्र वर्ग शत्रु वा आफ्नो सिद्धान्त विरोधी शक्ति पनि अटाउँनु पर्दछ । तव न लोकतन्त्रको सुगन्ध ती लोकतन्त्रको विरोधीले चाख्न पाउने छन् । समाजले लोकतन्त्रको न्यानो बर्को ओड्ने छ । राज्यले एकाइसौं शताब्दीको विश्व मान चित्रमा आफूलाई स्वाभिमानी स्वतन्त्र सबृद्ध राष्ट्रको रुपमा उभ्याउने छ ।

तसर्थ नेतुत्वमा आउन चाहने स्वच्छ छवि भएका शरीरमा जोशजाँगर ले भरिएका, स्पष्ट दृष्टिकोणका साथ संगठन हाँक्न सक्ने क्षमता भएका व्यक्तिलाई पार्टी सुद्धीकरण र देश विकासका खातिर सघाउने पर्ने दायित्व तपाई हाम्रो हैन र ? एकचोटी हरेक कार्यकर्ता र शुभचिन्तकले ध्यानदिएर सोचि सहि कदम चाल्नु पर्ने वेला आएको छ ।
जयनेपाल

About The Author