१३ माघ, धादिङ – नेपालको पहिलो नगरपालिका स्तरीय गोकर्नेशोर आइडल पुनह सुरु हुने भएको छ ।
भुकम्प र नाकाबन्दीले गर्दा स्थगित गरिएको कार्यक्रम पुनह सुरुवात गर्न लागेको आयोजक संस्था आशा द होप फाउन्डेसनका अध्यक्ष सुदर्शन बजगाईले बताएका छन् । गोकर्नेश्वोर नगरपालिका आन्तर्गतका विद्यालयका बिद्यार्थी बीच नृत्य गायन र अभिनय बिधामा प्रतीस्पर्धा गराई प्रथम हुने बिद्यार्थी लाई नगद रु दश हजार( १०,०००) सहित पुरस्कृत गरिने बजगाईले बताए ।
विभिन्न विद्यालयका विद्यार्थीहरुबीच अडिशन गरी ग्रान्ड फीनाले फाल्गुन अन्तिम साता गर्ने तयारी रहेको आयोजकले जानकारी दिएको छ । अडिशन माघ १८ बाट सुरु हुने छ ।