१३ माघ, धादिङ – कम्प्युटर र सुचना प्रविधिको प्रयोग सम्बन्धि ३ दिने तालिम आजदेखि धादिङबेसीमा सुरु भएको छ ।
जिल्ला विकास समितिको आयोजना तथा नेपाल पत्राकार महासंघ धादिङको समन्वयमा आयोजना गरिएको तालिममा धादिङ जिल्लामा सञ्चालन भएको अनलाइन मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको छ ।
तालिमको पहिलो दिन आज वेव डिजाइनर विजय यादव र प्रकाश खतिवडाले एसइओ, एलेक्सा, कपि राईट, होस्टिङ, ¥याङकिङ हेर्ने तरिका लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।