१२ माघ, काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
नागरिक होजाईले नेपालमा बसी हाउजिङ कम्पनि र गाडीको कारोबार गर्ने कम्पनि खोलेको र सोबमोजिम उल्लेख्यरुपमा घर र गाडीको कारोबार गरेको बताइएको छ । त्यस्तो कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह भएको थियो ।
भारतीय नागरिक भएको थाहा भएपछि होजाईलाई नेपाल प्रहरीले पक्राउ गरी केही बर्षअघि भारत पठाएको थियो । भारतीय उग्रवाम संगठन ब्ल्याक विडो ग्रुप आसामका सैन्य कमाण्डरका रुपमा कार्यरत रहेको बेला नेपाल प्रहरीले उनलाई भारतीय प्रहरीको जिम्मा लगाएको थियो ।
केही बर्षको जेल सजायपछि उनी रिहा भएका थिए । हाल उनी भारतीय जनता पार्टीमा आबद्ध रहेका छन् । तर उनकी पत्नीले होजाई मरिसकेको खबर भारतबाट आएको भन्दै नेपालमा भएको उनको सम्पत्ति आफ्नो नाममा पारिसकेकी छन् ।