Thu. Feb 27th, 2025

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च, पूर्वी पहाडमा खेती विस्तार

Coffee-Plant९ माघ, काठमाडौं – कफी उपभोग गर्ने प्रयोगकर्ताको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च भएपछि केही वर्षयता कफी खेती विस्तार गर्ने क्रम बढेको छ । कम मिहिनेतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिनेभ एपछि पहाडी जिल्लामा किसानले धमाधम कफी खेती विस्तार गरेको  छ ।

‘पूर्वमा चिया, पश्चिममा कफी’ भन्ने मान्यता तोड्दै पूर्वी जिल्लामा समेत कफी खेती हुन थालेको छ । घरछेउमा एकरदुई बोट कफी लगाएर घरायसी उपभोग गर्दै आएका भोजपुरका किसान व्यवसायिक खेती सुरु गर्ने तयारीमा छन् ।

भोजपुर याङपाङका नगेन्द्र खत्री यो वर्ष करिब १५ हजार बोट कफी राप्ने तयारीमा छनु । ‘एक सय ५० रोपनी जग्गामा कफी लगाउँदैछौं,’ खत्रीले भने, ‘पाँच जनामिलेर खेती सुरु गरेका हौं ।’

मध्यपहाडका जिल्लामा व्यवासायिक रुपमा कफी खेती भइरहेको छ । यो वर्षदेखि पूर्वी पहाडका जिल्लामा पनि विस्तार गरिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । नागरिकबाट

About The Author

अन्य समाचारहरु: