७ माघ, मोरङ – मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर अन्दाजी ५८ वर्षीय द्रौपतीदेवि चौधरीको मृत्यु भएको हो।
युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो।