Sat. Mar 15th, 2025

नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्ने पक्राउ

fraud७ माघ, धादिङ – नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सक्कली सुन भनेर ३२ लाख रुपैयाँ ठगी गर्नेलाई आज काभे्रे प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा धादिङका नेत्रप्रसाद दुवाडी, कास्कीका हरिशंकर तामाङ, सुनसरीका नत्रेबहादुर भण्डारी र सिन्धुलीका दिलबहादुर थापा रहेको काभ्रेका डीसपी राजुकमार केसीले जानकारी दिए ।

उनीहरुले धादिङको गजुरी ३ मा सुन पसल गर्ने जीवन विकलाई सक्कली बिल भएको १ किलो सुन छ भनेर उनीहरुले ३२ लाखमा बेच्ने मान्छे पनि तयार भएको बताएका थिए । सस्तोमा सुन पाएर किनेका उनले सुनको जलप लगाएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

नक्कली सुन बेचेर उनीहरुले ३२ लाख बाँडफाँड गरेको डिएसपी केसीले बताए । प्रहरीले उनीहरुको साथबाट  १ हजार ९ सय ग्राम  सुनको जलप लगाएको धातु, २ लाख ५० हजार पनि बरामद गरेको छ ।

About The Author

अन्य समाचारहरु: