सरिता श्रेष्ठ / ७ माघ, धादिङ – धादिङमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको छनोट खेल सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समितिको धादिङको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो ।
प्रतियोगितामा जतिसक्दो धेरै खेलाडी सहभागी गराउने उद्देश्यले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिता गर्नु अघि निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता गरिएको हो ।
निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुलाई मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगीता अन्र्तगत माघ ४ गतेदेखि निर्वाचन स्तरिय छनोट प्रतियोगीता सुरु भएको छ । निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्र नं १ को छनोट प्रतियोगीता आजबाट सकिएको छ । प्रतियोगीता सल्यानटार गाविस वडा नं ८ मा रहेको चुलीदेवी माध्यमिक विद्यालयमा भएको थियो ।
निर्वाचन क्षेत्र नं १ मा रहेका १० वटा विद्यालयहरुको सहभागी रहेको प्रतियोगीतामा एथ्लेटिक्स, भलिबल र कर्बर्डी लगायतका खेलहरुमा विद्यार्थीहरुलाई सहभागी गराइएको निर्वाचन क्षेत्र नं १ का संयोजक नवराज थापाले जानकारी दिए ।
प्रतियोगितामा बद्री विशाल उमावि बुढाथुम प्रथम, रानीवपौवा उमावि सलयानटार द्धितिय र सलायनटार उमावि तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयहरु जिल्ला स्तरीय प्रतियोगीताका लागि छनोट भएका छन् ।
निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता व्यवस्थित बनाउन जिल्ला खेलकुद विकास समितिले जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एक÷एक जना संयोजक तोकेर काम अघि बढाएको छ । तीनवटै निर्वाचन क्षेत्रहरुमा प्रतियोगीता सम्पन्न भइसकेपछि माघ २७ गतेदेखि २९ गतेसम्म जिल्लास्तरीय प्रतियोगीता आयोजना गरिने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ ।