७ माघ, धादिङ – उत्तरी धादिङका भूकम्प पीडितहरुले भूकम्पबाट मरेका पशुचौपायको क्षतिपुर्ति रकम पाएका छन् ।
हिमालयन हेल्थ केयरले उत्तरी क्षेत्रका तीन गाउँ विकास समितिहरु लापा, सेर्तुङ र तिप्लिङका स्थानियहरुको मरेका पुशचौपायाहरु खरिद गर्नका लागि स्थानीयस्तरकै मूल्य बराबरको रकम वितरण गरिएको हो ।
भुकम्प पछि राहत उद्धार र पुनस्थापनाको लागि उत्तरी क्षेत्रका गाउँ विकास समितिहरुमा सक्रिय रहेको संस्थाले बुधबारदेखि रकम वितरण सुरु गरेको हो ।
तीन गाउँ विकास समितमा मरेका १४ सय १५ पशु चौपाया खरिद गर्नको लागि ७६ लाख ४५ हजार क्षतिपूर्ति वितरण गरिएको हिमालय हेल्थ केयर धादिङका जिल्ला संयोजक शम्भु सिंह ठकुरीले जानकारी दिए ।
बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पका कारण धादिङको उत्तरी क्षेत्रमा मात्रै १ सय ७५ ब्यक्तिको मृत्यु भएको थियो । अहिलेसम्म सडक संजालले नछोएको उत्तरी क्षेत्रमा राहत वितरण कार्य पनि कठिन हुदै आएको छ ।
भुकम्प पछि पनि त्यही बसिरहेको जनतालाइ प्रत्यक्ष लाभ मिल्ने भएकाले पशुचौपायाहरुको राहत दिए उनीहरुको आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले जिल्ला दैवि प्रकोप उद्धार समितिसंगको समन्वयमा रकम वितरण गरिएको हो ।