७ माघ, धादिङ – संगीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा आज निधन भएको छ।
फोक्सोको समस्याबाट पीडित उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले एक हजार भन्दा बढी गीतमा संगीत दिएका छन् ।
पछिल्लो समय उनी आफ्नै लगानी र संयोजनमा एकल एल्बम मेरो यात्राको तयारीमा थिए। मिक्सिङको अन्तिम तयारीमा रहेका बेला छातिमा समस्या देखिएपछि मोडेल अस्पताल पुर्याउँदा क्यान्सर भएको थाहा भएको थियो।