Tue. Nov 26th, 2024

विद्यालयलाई सहयोग गर्ने दुई संस्था सम्मानित

samman५ माघ, धादिङ – भूकम्पको समयमा सहयोग गरेको भन्दै दुई संस्था सम्मानित भएको छ ।

धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं ३ मा रहेको जनज्योति निम्न माविले आसमान नेपाल र भीएसओ नेपाललाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । संस्थाका प्रतिनिधिहरुलाई विद्यालयका प्रधानाध्यपक उपेन्द्र छत्कुलीले सम्मान गरेका हुन् ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएको थियो । भवन भत्किएपछि पठनपाठनमा कठिनाई भएको थियो । भवन भत्किएपछि यी संस्थाहरुले अस्थायी टहरा निर्माण गरिदिएको थियो भने विद्यालयलाई शैक्षिक सामग्री समेत प्रदान गरेको थियो ।

About The Author

अन्य समाचारहरु: