शिवनारायण गिरी / ५ माघ, धादिङ(सल्यानटार) – धादिङको सल्यानटारमा प्रत्येक वर्ष खानेपानीको समस्या हुने गर्दछ ।
खानेपानीको मुहान सुकेका कारण दुई घण्टा लगाएर कुवा, खोलाबाट पानी ल्याएर खान बाध्य छन् । भूकम्पले पानीको मुहान भत्काएको छ भने कतै मुहान तल माथि सरेको छ ।
सुकेको मुहानमा पानी पलाएपछि स्थानीयले पानीको मुहानमा पूजा गरेका हुन् । सल्यानटार गाँउ विकास समितिको वडा नं २ जागिरेगाँउमा रहेको पूरानो धारा भन्ने मुहानको पानी पलाएपछि स्थानियहरुले खुसी हुँदै पूजा गरेका हुन् । मुहान पलाएपछि सल्यानटार गाविसको वडा नं २,३ र ४ का २ सय ९० घरधुरीलाई सहज भएको छ ।
खुसीयालीमा प्रत्येक वर्ष आजकै दिनमा पूजा लगाइने यहाँका स्थानीय होमबहादुर दराईले बताए ।