Fri. Mar 14th, 2025

१२ वर्षपछि राजनको परिवारमा खुसी फर्कियो

rajan bhattaसरिता श्रेष्ठ / ४ माघ, धादिङ – मलेसियामा १२ वर्ष सम्म अलपत्रमा परेका राजन भट्टको परिवारमा खुसी फर्किएको छ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका १२ का भट्ट वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । विदेश गएको २ वर्ष सम्म राजनले गएकै कम्पनीमा काम गर्न सुरु गरे अनि परिवारसंग पनि नियमित सम्पर्कमा रहे ।

केहि वर्ष काम गरेपछि पहिलेको कम्पनि छाडेर अर्के कम्पनीमा अवैधानिक भएर काम गर्न थाले । काम गर्दै जादा वर्षौ बिते उनलाई घर फर्कन सक्ने वातावरण सिर्जना भएन कुनै पनि देशमा गएका आप्रवासी कामदार त्यहाँ गएको कम्पनी छाडी अर्को कम्पनीमा काम गर्न जादा अवैधानिक भइन्छ र कारवाही वेहोर्नु पर्ने हुन्छ । त्यस्तै समस्यामा परे राजन पनि ।

२०६२ सालमा वैवाहिक जिवनमा वाधिएका उनको घरपरिवारमा चिन्ताको विषय बन्यो । उनका वृद्ध बुबाआमा र १२ वर्ष सम्म श्रीमानको पर्खाइमा आफ्नो सतित्व नडगाई बसेकी श्रीमती राजन घर नफर्किदा मानसिक रुपमा विछिप्त थिए । उनको खोजिमा परिवार रातदिन लागि परे तर भेटिएन ।  त्यहाँको सरकारले मलेशियामा अवैधानिक रुपमा रहेका कामदारलाई आ आफ्नो देश फर्कनको लागि आममाफी खुल्ला ग¥यो । उक्त समयमा नेपाल फर्कनको लागि राजनलाई खवर गर्दा चासो दिएनन् । अवैधानिक भई काम गर्दै गर्दा उनलाई २०७१ माघ २२ मा त्यहाँको प्रहरीले समातेर जेल चलान गरेको जानकारी प्राप्त भयो ।

त्यसपछि परिवारमा झनै पिडा थपियो । खबर पाएको केही समय पश्चात राजनको भाई इश्वर भट्ट सुचना केन्द्रमा आएर सहयोगका लागि अपिल गरिदिन आग्रह गरे । राजन कुन जेलमा हो परिवारलाई थाहा थिएन । अवस्था पत्ता लगाउन साह्रै गाह्रो भयो । फोटोको आधारमा मलेशियाको जेलमा खोजी गर्दा काजांग सेमेनिया जेलमा रहेको पत्ता लाग्यो । उक्त घटनालाई सिड्स धादिङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले अभिलेखीकरण गरी पिएनसिसि रिफर गरियो । पिएनसिसिले आवश्यक सहयोगको लागि प्रक्रिया अगाडी बढायो ।

वृद्ध अवस्थाका बुबा, त्यसमाथि छोराको पीरले पनि दिनहुँ गल्दै गए । छोराको पर्खाईमा रहेका बुबाको निधन भयो । परिवारमा झनै पिडा थपियो । यता राजनको उद्धारको लागि प्रक्रिया अगाडी वढिरहेको थियो । पिएनसिसिको नियमित प्रयासले गर्दा राजन २०७२ कार्तिक ११ गतेको जानकारी अनुसार २ हप्ता भित्रमा नेपाल आउने जानकारी प्राप्त भयो । २०७२ मंसिर १७ गते राजन नेपाल आउन सफल भए । परिवारमा खुसी फर्कियो । श्रीमतीसँग १२ वर्ष पश्चातसँगै पाउदा खुसीको सिमा नै रहेन ।
(सिड्स धादिङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राजन भट्टसँग गरेको कुराकानीमा आधारित )

About The Author

अन्य समाचारहरु: