Wed. Mar 5th, 2025

प्रधानमन्त्रीका नयाँ योजना– काठमाडौंमा रेल

kp-oliकाठमाडौं–मगर, थारू, छन्त्याल र राउटे समुदायको राष्ट्रिय चाड माघेसंक्रान्ति । शुक्रबार उपत्यकामा बसोवास गर्ने मगरले टुँडिखेलमा र थारूहरूले रंगशालामा जम्मा भएर सामूहिक रूपमा यो पर्व मनाए । टुँडिखेल र रंगशालाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरे । टुँडिखेलमा भांग्रा र ढोरा लगाएर सम्बोधन गरेका ओलीले रंगशालामा धोती र ढोरा लगाए । दुवै ठाउँको सम्बोधनमा ओलीले केही नयाँ र केही पुराना योजना सुनाए :

१. काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?

काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने ? त्यस्तो छ भने भन्नुपर्‍यो । नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ । गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ?

२. फोहोरमैलाबाट ग्यास निकाल्छौँ

फोटो झुन्ड्याउन होइन, देश परिवर्तन गर्न म सिंहदरबार गएको हुँ । विकास गर्न गएको हुँ, हेर्दाहेर्दै गर्छु । हामी फोहोरमैलाबाट ग्यास निकाल्छौँ । अन्यत्रबाट ग्यासका पाइप ल्याउँछौं । जेसुकै गरेर भए पनि जनताका घरका चुलोचुलोमा ग्यास पुर्‍याउने व्यवस्था गरिन्छ । मानिसहरू यस्तो किन भन्यो भन्छन् । मैले आजै साँझ तपाईंको चुलोमा ग्यास ल्याइदिने कुरा गरेको छैन । अलिकति समय लाग्छ, तर हामी गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्, कलमवाजहरूलाई जानकारी होस् । बंगलादेशमा पाइपबाट चुलोचुलोमा ग्यास पुगेको छ । विद्वान्हरूलाई थाहा छ कि छैन ? पाकिस्तानमा पनि ग्यास सिलिन्डर बोक्नुपर्दैन ।

About The Author

अन्य समाचारहरु: