Tue. Feb 25th, 2025

फिफाको वर्ष टिममा को को परे ?

पुस २८ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले वर्ष २०१५ को टिम घोषणा गरेको छ । सोमबार राजित स्वीजरल्याण्डको ज्युरिचमा बालोन डी’ओर को उपाधि घोषणाका लागि भएको विषेश समारोहमा फिफाले २०१५ फिफप्रो वर्ल्ड इलाभेनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

टिममा स्पेनिस बार्सिलोना र रियल मड्रिडका चार चार खेलाडी परेका छन् । बार्सिलोनाबाट बालोन डी’ओरको उपाधि जितेका लियोनल मेस्सीसँगै तेस्रो स्थानमा रहेका नेइमार, डानी एल्भेस र आन्द्रे इनिएस्टा टिममा परेका छन् । यस्तै रियल मड्रिडबाट बालोन डी’ओरमा दोस्रो स्थानमा रहेका क्रिष्टियानो रोनाल्डो, मार्सेलो, सर्जियो रामोस र लुका मोडेरिक फिफाले घोषणा गरेको टिममा परेका छन् । इटालियन क्लब युभेन्टसका पाउल पोग्वा, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका थिएगो सिल्भा तथा जर्मन क्लब बार्यन म्युनिखका गोल रक्षक म्यानुयल नियर पनि टिममा परेका छन् ।

मेस्सी र रोनाल्डो दुवै फिफाको वर्ष टिममा नवौं पटक परेका हुन् । जनु कुनै पनि खेलाडी फिफाको टिममा परेको अहिलेसम्मकै सबैभन्दा धेरै पटक हो । बार्सिलोनाका इनिएस्टा दोस्रो नम्बरमा छन् । उनी अहिलेसम्म सात पटक टिममा परेका छन् । गोल रक्षक नुयर योसँगै लगातार तीन पटक टिममा परेका हुन् ।

नेइमार, मोर्डिक र पोग्वा भने पहिलो पटक टिममा पर्न सफल भएका हुन् । बार्सिलोनाका लुइस स्वारेज, रियल मड्रिडका ग्यारेथ बेल र जेम्स रोड्रिग्वेज भने अझै पनि फिफाको वर्ष टिममा आफ्नो नाम समावेश हुने पर्खाइमा छन् ।

गएका ६ सिजनदेखि फिफाको वर्ष टिममा सबै भन्दा धेरै ला लिगाका खेलाडी पर्ने गरेका छन् भने त्यसपछि बुन्डेस लिगका खेलाडी परेका छन् । इंग्लिस प्रिमियर लिगका खेलाडी निकै कम मात्रै टिममा परेका छन् । यो वर्ष फिफाको टिममा प्रिमियर लिगका एक खेलाडी पनि परेनन् ।

२०१५ फिफप्रो वर्ल्ड इलाभेन

गोलकिपरः म्यानुयल नुयर (बार्यन म्युनिख, जर्मनी)

डिफेन्डर: थिएगो सिल्भा (पेरिस सेन्ट जर्मेन, बार्जिल), मार्सेलो (रियल मड्रिड, ब्राजिल), सर्जियो रामोस (रियल मड्रिड, स्पेन), डानी एल्भेस (बार्सिलोना, ब्राजिल)

मिडफिल्डरः आन्द्रे इनिएस्टा (बार्सिलोना, ब्राजिल), लुका मोर्डिक (रियल मड्रिड, क्रोएसिया), पाउल पोग्बा (युभेन्टस, फ्रान्स)

फरवार्डसः नेइमार (बार्सिलोना, ब्राजिल), लियोनल मेस्सी (बार्सिलोना, अर्जेन्टिना), क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड, पोर्चुगल)

About The Author

अन्य समाचारहरु: