२७ पुस, धादिङ – अपाङ्गता विकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना बनेपाले धादिङ जिल्लामा सञ्चालन भएको सिआरसि परियोजनाको बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम आयोजना गरेको छ ।
सोमबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी बार्षिक प्रगति समिक्षा गरिएको हो । शारीरिक रुपले अपाङ्गता भएका कम्तिमा २१ सय बालबालिकाहरुको विचलन समस्या पहिचान र यथोचित पुनःस्थापनामा सहयोग गरी अन्य व्यक्ति सरह स्वास्थ्य, शिक्षा, लगायत सरकार एवंम सामजद्वारा पदत्त सरसुविधाहरु अधिकार सम्मत सदुप्रयोग गरेर गुणात्मक जीवनयापन गर्न सगाउने पुनीत उद्देश्यका लागि यो परियोजना संचालन गरिएको थियो ।
सिबिएमको सहयोग गरिएको उक्त परियोजनले यो बर्ष मात्र धादिङमा २१ जनाको शल्यक्रिया र ६ सय ७२ जना बालबालिकाहरुलाई सेवा प्रदान गरिएको सिआरसि परियोजना धादिङका सुपरभाइजर लेखनाथ आर्चायले जानकारी दिए ।
सन् २०११ देखि २०१५ सम्म माात्र सञ्चालन गरिएको यो परियोजना फेरि २ बर्षको लागि थप गरिएको छ ।