Tue. Mar 4th, 2025

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत राहत सामाग्री पठाइने

MI_17-v5-copy २६ पुस,  धादिङ – हिमपातबाट जोखिममा रहेका भूकम्प प्रभावित गोरखा लगायतका सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामाग्री पठाउने भएको छ।

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखहरुसहित बसेको सुरक्षा विशेष समितिको वैठकमा प्रधानमन्त्री केपी ओलीले हिमपात भएका भूकम्पप्रभावित क्षेत्रमा राहत सामाग्री तथा उद्धारका लागि हेलिकोप्टर पठाउने निर्णय गरेका हुन्।

यसअघि शनिबार गोरखाको बारपाक र लाप्राकसहितका हिमाली भेगमा वर्षापछि परेको हिमपात भएपछि भूकम्पपीडितहरुको विचल्ली परेको छ। टहरालाई हिमपातपछि परेको हिउँले पुरै ढाकेपछि भूकम्पपीडितहरु रातभर चिसोमै बस्ने बाध्य भएका थिए।

About The Author

अन्य समाचारहरु: