Thu. Feb 27th, 2025

आफ्नै आम्दानीमा रम्दै धादिङकी गङ्गा लंम्साल

pasuसुवास खतिवडा, धादिङ –धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं ९ धारापानी बस्ने बर्ष ४७ कि गङ्गा लम्सालको घरमा ५ जना सदस्य छन्  ।

उनी एक्सन नेपाल द्वारा संचालित साना किसान उद्यमी सवलिकरण परियोजना अन्तर्गत मुरलिभंज्यांगमा गठित धारापानी महिला समुहकी सदस्य हुन् । लामो समय देखि कृषि पेशा मा आबद्ध गङ्गा को घरपरिवार कृषि पेशा बाटै चलिरहेको बताउँछिन् ।  जिल्ला सदरमुकाम नजिकै भएपनि जिल्ला स्थित सेवा प्रदायक तथा पशु सेवाकार्यालयबाट पशु पालन सम्बन्धि कुनै पनि सेवा सुविधा पाउन सकेको छैन । सुरुमा पशु लाइ नुन खुवाउन हुदैन खोक्छ भन्ने चलन थियो ,हामीलाई कोशे अकोशे घास मिलाएर खुवाउनु पर्छ भन्ने थाहा थिएन कहिले पराल त कहिले जंगलको स्याउला अनि प्राकृतिक झार को भर मात्रै थियो्र जसले गर्दा मिहेनत अनुसार को आम्दानी गर्न सकिरहेको छैन अन्य आम्दानीको श्रोत नभएका कारण घर खर्च चलाउन नि गाह्रो भएको अबस्था मा जब साना किशान उद्यमी सवलिकरण परियोजना मुरलिभंज्यांगमा आवद्धित भए मेरो जीवन को बाटो नै फेरियो ।

 समूह गठन संगै बचत गर्ने बानि को बिकाश ,संस्था बाट पाएको नयाँ नयाँ ज्ञान, शिप , प्रविधि तथा अन्य पटोहरुले आफु लगायत सिंगो समूह नै आर्थिक तथा सामाजिक क्षेत्रमा मजबुत हुदै गएको बताए । आधारशिला ,समूह ब्यबस्थापन ,पशु ब्यबस्थापन , करेसाबारी ब्यबस्थापन ,घास ब्यबस्थापन ,पोषण शिक्षा, महिला पुरुष सम बिकाश जस्ता तालिममा सिकिएका कुरा हरु बाट उत्प्रेरित हुदै प्रगतिको फड्को मा आउन सफल भएको बताइन् । पशुको खोर ब्यबस्थापन ,नश्ल सुधार ,आहारा ब्यबस्थापन , खनिज ढीक्का को प्रयोग संगै साना तथा ठुला पशु को उत्पादन,प्रजनन ,बृदिबिकास,लगायत हरेक तवरमा आएको नतिजा प्रति ज्यादै खुशी छिन् ।

हाल ३ वटा माउ बाख्रा,६ वटा पाठापाठी,र २ वोटा खसी ,र ८ वोटा ठुला पशु पालिरहेकी छिन् । गङ्गा भन्छिन् र एक्सन हेफर इन्टरनेशनल नेपालले ल्याएको यस कार्यक्रम ले सिंगो मुरलिभंज्यांगका स्थानीय मात्र नभई छिमेकि गा.बि.सका स्थानीय कृषकहरुमा पनि अनुसरण गर्ने तथा आफ्ना आयआर्जनमा सुधार ल्याउनमा सहयोग पुगेको र सम्पूर्ण कृषक हरुको हित मा आएका संस्था र कर्मचारी हरु प्रति कृतज्ञता ब्यक्त गर्दै आउदा दिनहरुमा आफु थप योजना का साथ उद्यमी बन्दै नमुना कृषक को रुपमा आगाडी आउने चाहना रहेको जनाकारी दिए ।

About The Author

अन्य समाचारहरु: