Fri. Mar 14th, 2025

इस्वी संवतको नयाँ वर्ष सुरु, पर्यटकीय शहरमा विशेष उत्साह

१७ पुस, काठमाडौं – शुक्रबारदेखि इस्वी संवतको नयाँ वर्ष २०१६ सुरु भएको छ । यो संवत् प्रचलनमा रहेका देशमा धुमधामसँग नयाँ वर्ष मनाईंदैछ । नेपालमा पनि गएरातीदेखि नै बिभिन्न कार्यक्रम गरेर अँग्रेजी नयाँ वर्ष मनाईंदैछ ।

विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा आसपासका क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षण गर्ने गर्छन् । विशेषगरी काठमाडौंको ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौराहा लगायतका ठाउँमा विशेष कार्यक्रम भएका छन् ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् भनी कामना गर्नुभएको छ । नयाँ वर्षले सबै नेपालीबिचको हार्दिकता र एकतालाई अझै बलियो बनाउँदै संविधानले प्रत्याभूत गरेका अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न प्रेरणा प्राप्त हुन सकोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले मुलुकमा अहिले देखिएका जटिलता र समस्या समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिका दिशामा अघि बढाउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

About The Author

अन्य समाचारहरु: