१६ पुस धादिङ –परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपालले आज धादिङवेशीमा आफ्नो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
लक्षित समुदायका अर्थपुर्ण सहभागिता, स्थानिय साधन स्रोतको व्यवस्थित प्रयोगको माध्यमबाट नयाँ नौला र सृजनशिल प्रविधि एवं विधिहरुको प्रयोग गर्दै दिगो विकासमा टेवा पु¥याऊने उद्येश्यले २०६० सालमा स्थापित संस्थाले जिल्लाको विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष रमेश अधिकारीले बताए ।
संस्थाले विशेषगरी सडक सुरक्षा, आकस्मिक उद्धार र राहत, आकस्मिक खानेपानी र सरसफाइ, आवास र न्यानो कार्यक्रम, परिवार नियोजन र साुमदायिक स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।