सरीता श्रेष्ठ/ १५ पुस, धादिङ– धादिङको गुम्दी गाउँ विकास समिति वडा नम्बर ५ मा गएराती घरमा आगोलागी हुँदा बाबु छोरीको जलेर मृत्यु भएको छ ।
गुम्दी गाउँ विकास समिति वडा नम्बर ५ का ४८ बर्षिय शेरबहादुर गुरुङर उनका अन्दाजी १५ बर्षिय धनमायाँको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । शेरबहादुरको पत्नी भने भागेर ज्यान जोगउन सफल भएकी छिन् ।
न्यानो कपडाको अभावमा जाडो भएपछि आगो तापेर उनीहरु सुतेका थिए । तर आगोले कपडा सल्किएर घर पूरै जलेको र बाबुछोरीको मृत्यु भएको हो ।