१४ पुस, सर्लाही – नेकपा एमाले सर्लाही जिल्ला कमिटिका नेता रामनरेश रायको हत्या भएको छ । ६२ वर्षीयको मर्निङ वाकको समयमा मंगलबार बिहान हत्या भएको हो ।
घटना हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए ।