१३ पुस, धादिङ– कर्मचारी अभावको कारण रिमाल्डी खोप केन्द्र धुँवाकोटमा नियमित खोप सेवा अवरुद्ध भएको छ । आईतबार विहान १० बजेदेखी नै खोपकेन्द्रमा नियमति खोप लगाउन बच्चा लिएर गएका अभिभावकहरु कर्मचारी नहँुदा खोप नै नलगाई फर्कन बाध्य भएका छन् ।
धादिङको धुँवाकोट गाऊँ विकास समिती वडा नंबर २ मा रहेको उक्त खोप केन्द्रमा १ महिनादेखी नै कर्मचारी नभएका सेवाग्राहीहरुको गुनासो छ । कर्मचारी पार्वती न्यौपानेको सरुवा भएको १ महिना वितिसकेको उनिहरु बताऊँछन् ।
आईतबार खोप केन्द्रमा सेवा लिन आएका १० जना आफ्ना बच्चाहरुलाई खोप नै नलगाई घर फर्किएका छन् । धुवाँकोटमा रहेका धुवाँकोट स्वास्थ्य चौकी, गनेडाँडा स्वास्थ्य चौकी र रातमाटे स्वास्थ्य विन्दुले खोप केन्द्र भागबण्डा लगाएर सेवा प्रदान गर्दै आईरहेको थिए ।
गने डाँडा स्वास्थ्य चौकीका तीन जना कर्मचारी तालिममा सहभागी हुन गएपछी रिमाल्डी खोप केन्द्रको खोप सेवा अबरुद्ध भएको गने डाँडा स्वास्थ्य चौकीका ईञ्चार्ज गोपाल राय यादवले बताए । यसैबीच घट्ना बारे धुवाँकोट स्वास्थ्य चौकीका ईन्चाज कमल अधिकारी सँग बुझ्दा उनले पनि कर्मचारी अभावको कारण खोप सेवा सन्चालन गर्न नसकेकोको दावी गरे ।