Fri. Mar 14th, 2025

जनवरी १ मा नेपाली टोपी दिवस मनाइने

topiधादिङ – ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’
जनवरी १ लाई नेपाली पोशाक दिवसका रुपमा मनाऔं

‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन लागिएको जानकारी गराउन चाहन्छौं ।

नेपाल र नेपालीहरुको राष्ट्रियता संकटमा पर्न थालेको आम नेपालीहरुले महशुस गरिरहेका छन् । अझ त्यसमाथि भर्खरै मात्र जारी भएको नेपालको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नेपालप्रति तीन महिना अघिदेखि अघोषित नाकावन्दी लगाउदै आएको छ ।  छिमेकी राष्ट्र भारतको यस्तो रवैयाप्रति आम नेपालीले असन्तुष्टी जनाउदै राष्ट्रियता जोगाउने र आत्मनिर्भर हुने अभियान चलाउदै आएका छन् । यसै क्रममा हामीले राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि  जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउने प्रयास गरेका छौ ।

यस दिन जसले जहाँबाट जे सकिन्छ नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न हार्दिक आग्रह गर्दछौं । हुन त वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता जोगिन्छ भन्ने होईन तर राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

त्यसैले राष्ट्रप्रेमी  नेपालीहरुले आ आफ्नो  ठाउँबाट ९देश विदेश÷गाउँ सहर० सक्दो सहयोग गर्दै अभियान चलाउन हुन हार्दिक आग्रह गर्दछौ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचारप्रसार गरौं ।

यसै अभियान अन्तर्गत राजधानीको माइतीघरमा हुन गई रहेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी  लगाएर सहभागिता जनाई दिनुहुन हार्दिक अपिल गर्दछौ ।

स्थानः माइतीघर मण्डला, काठमाडौं
मितीः १ जनवरी २०१६
समयः  बिहान ८ बजे
स्वस्फूर्त युवा समुह

About The Author

अन्य समाचारहरु: