१२ पुस, धादिङ – ठगी मुद्दामा फरार रहेका उत्तरी धादिङको दार्खा गाँउ विकास समितिको वडा नं ८ का बस्ने ३५ वर्षका बेग बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद र २ लाख जरिवाना भएका तामाङलाई जिल्ला प्रहरी कार्यलय धादिङले आज पक्राउ गरेको हो । धादिङबेसीमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरक्षिक सविन प्रधानले जानकारी दिए । उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएकोे छ ।