Fri. Mar 14th, 2025

धादिङको जोगीमारामा ४ वटा स्काभेक्टर र ६ वटा ट्रिपरमा आगजनी

१२ पुस, धादिङ– धादिङको जोगीमारा गाउँ विकास समिति २ जवाङखोलामा अपरिचत व्यक्तिले ४ वटा स्काभेक्टर र ६ वटा ट्रिपरमा आगजनी गरेका छन् ।

शनिवार राती ९ बजेतीर आएका ८÷१० जना अपरिचत व्यक्तिको समुहले चुनढुङगाा खानीमा रहेका ४ वटा स्काभेक्टर र ६ वटा ट्रिपरमा आगजनी गरेका हुन् । आगजनीबाट बा २ क ८६६, बा २ क १९४३, बा २ क१९४२ र ना २ प २४१८ नम्बरको स्काभेक्टरमा पुर्ण रुपमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

यसैगरी कम्पनीमा रहेका बा २ क ४००, बा २ क ८०, बा २ क ८३, बा २ क ८४ र बा २ क ८५ नम्बरको ट्रिपरमा समेत आगजनी गरेका छन् । आगजानीबाट ट्रिपरमा आंक्षिक क्षती पुगेको छ । आगजनीमा संलग्न भएकाहरुको खोजिकार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: