१० पुस, धादिङ– नेवार समुदायले शुक्रबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ । यसरी पूजा गरेमा वर्षभरी अन्नको अभाव नहुने जनविश्वास छ ।
योमरी पूर्णिमाको अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक ¥यालीसहितको कार्यक्रम हुँदैछ । यस दिनलाई धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ ।
पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैंडु पूजा गर्ने चलन छ । बनेपाको धनेश्वर महादेवको मेला लागेको छ ।