Fri. Jan 31st, 2025

तेक्वान्दो प्रतियोगितामा धादिङलाई एक रजत र तीन कास्य

tekandoधादिङ – सातौ कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगितामा धादिङका मोहन गुरुङले रजत जितेका छन् । उनले ६८ किलो तौल समुहको पुरुष तर्फ पदक जितेका हुन् ।

त्यस्तै प्रदिप गिरीले ५८ किलो तौल समुहको पुरुष तर्फ कास्य जितेका छन् । भने सोही उमेर समूहका राम पोखरेलले पनि कास्य पदक जितेका छन् ।
काठमाडौँमा जारी प्रतियोगीतामा अनिता घलेले ५३ किलो तौल समुहको महिला तर्फ कास्य पदक पाउन सफल भएकी छिन् ।

नेपाली सेनाको अन्तराष्ट्रिय खेल परिसरमामा जारी प्रतियोगितामा ५० जिल्ला र विभागीय गरी १५०० खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

ललितपुर जिल्ला तेक्वान्दो संघ र काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनामा नेपाल तेक्वान्दो संघको तत्वाबधानमा सञ्चालित भएको हो ।

About The Author

अन्य समाचारहरु: