७ पुस, धादिङ– पृथ्वीराजमार्ग अन्तरगत धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर १ धार्केमा माईक्रोबस दुर्घटना हुँदा एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य २२ जना घाईते भएका छन् । काठमाण्डौबाट चितवन तर्फ जादैँ गरेको बा २ ख ३८७ नम्बरको माईक्रोबस रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय खानिखोलाले जानकारी दिएको छ ।
मृतकको अहिले सम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाईतेहरुकाहरुको स्थानीय स्वास्थ्य संस्था र केहिलाई थप उपचारको लागी काठमाण्डौँ लगिएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकि छ ।