Fri. Mar 14th, 2025

त्रिशूली बचाउन नुवाकोट जिल्ला प्रशासनमा ज्ञापनपत्र

७ पुस नुवाकोट –मानवीय कारणले दिनदिन फोहोर र प्रदुषित हुँदै गएको त्रिशूली नदीलाई बचाउन नुवाकोट जिल्ला प्रशासन कार्यालयमा  त्रिशूली बचाऔँ  साझा सञ्जालले ज्ञापनपत्र बुझाएको छ ।

सञ्जालका अध्यक्ष उत्तम कँडेलको नेतृत्वमा गएको टोलीले अवैध रुपमा नदी किनारमा गिटी, ढुङ्गा र बालुवा खानी सञ्चालन गर्दा जनस्वास्थ्य र वातावरण दूषित भएकाले यस्ता खानी तत्काल बन्द गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सञ्जालका संयोजक कँडेलले नदीमाथि सबैको समान अधिकार भए पनि केही क्रसर मालिक र नदीका गिट्टी बालुवा तस्करले आफ्नो बपौती बनाएको आरोप लगाउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ उमेशकुमार ढकालले नदी अतिक्रमण र नदीमा भइरहेको फोहोर नियन्त्रणका लागि तत्काल काम कारबाही अघि बढाइने आश्वासन दिनुभयो । रासस

About The Author

अन्य समाचारहरु: