Fri. Mar 14th, 2025

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा नै ग्यास माग्दै

LP_gas_cilinder-624x284७ पुस, काठमाडौं – मुलुकका दुई सर्बोच्च निकाय राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले एलपी ग्यास उद्योग संघ र उद्योगीसँग ग्यास माग्दै पत्राचार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ११ थान ग्यास माग्दै पत्र पठाएको संघले जनाएको छ ।

संघका अनुसार साइबाबा, साल्ट ट्रेडिङको एसटिसी, नेपाल र भानुमध्ये जुनसुकै कम्पनिका ११ सिलिन्डर माग्दै प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको छ । तर, संघले सिद्धार्थ ब्रान्डको ग्यास दिन पहल भैरहेको जनाएको छ ।

त्यस्तै राष्ट्रपति कार्यालयले पनि ११ थान सुगम र एभरेष्ट ग्यास उपलब्ध गराउन उद्योगलाई पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले संघमा पत्राचार गरे पनि राष्ट्रपति कार्यालयले सीधै उद्योगलाई पत्राचार गरेको छ ।
नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: