Sat. Mar 15th, 2025

राष्ट्रपति भण्डारीमाथि दुर्व्यवहार र लाञ्छना लगाउनेलाई सरकारले कारवाही गर्ने

६ पुस, काठमाडौं,  – राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही अराजक र उच्छृङ्खल व्यक्तिले जनकपुरको जानकी मन्दिरमा दुर्व्यवहार र लाञ्छना लगाएको भन्दै सरकारले निन्दा र भत्सर्ना गरेको छ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रको शीर झुकाउने त्यस्तो अभद्र र असभ्य व्यवहार भविश्यमा नदोहोरिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै दोषिउपर कानुनबमोजिम कारवाही हुने स्पष्ट पारेको छ ।

राष्ट्रपतिमाथि भएको दुर्व्यवहार ऐतिहासिक धार्मिक स्थल जानकी मन्दिर र जनताको धार्मिक आस्थामाथिको समेत प्रहार भएको सरकारको ठहर छ ।

‘गणतन्त्रको प्रतीकका रुपमा रहनुभएका राष्ट्रपतिप्रति जनकपुरमा गरिएको दुर्व्यवहारको प्रयास र उहाँप्रति लगाइएका लाञ्छना सिंगो राष्ट्र, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले निकाल्नुभएको विज्ञप्तीमा उल्लेख छ  ।

About The Author

अन्य समाचारहरु: