Fri. Mar 14th, 2025

नहर मर्मतमा जुट्दै धादिङ गजुरीका भुकम्प पीडित

nahar 1
५ पुस, धादिङ – धादिङको गजुरी गाउँ विकास समिति वडा नम्बर २ र ४ का भुकम्प प्रभावितहरु गाउँकै विकास निर्माणका काममा जुटेका छन् ।
अक्फामको सहयोगमा प्रयास नेपाल धादिङले काम गर्दा ज्याला बापत पैसा उपलब्ध गराउने र गाउँमै विकास निर्माणको काम हुने भएपछि स्थानीयहरु समयको सदुपयोग गर्दै नहर मर्मतमा जुटेका हुन् ।

बैशाख १२ गते र त्यस पछिका पराकम्पनहरुबाट घर भत्किएर वा अन्य कारण पीडित बनेकाहरुलेकेही दिनदेखि गजुरी गाविसमा रहेको आँपटार सिंचाई योजनाको नहर मर्मत गरिरहेका छन् । अक्फामको आर्थिक सहयोगमाप्रयास नेपालले संचालन गरेको आपतकालित खाद्य सुरक्षा तथा जीवन जिविकोपार्जन परियोजना अन्तर्गत नगदका लागि काम शीर्षकको कार्यक्रम मार्फत भुकम्प पीडित क्षेत्रका काामदारहरुलाई ज्याला उपलब्ध गराइएको हो ।

nahar 2

वर्षातको समयमा माथिल्लो भागबाट बगेर आउने बालुवा तथा माटोले कुलो पुरिएर नहरमा पर्याप्त पानी नबग्ने र ठाउँ ठाउँमा पहिरोले पुरिएकाले मर्मत गरी सिंचाई क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले नहर मर्मत थालिएको प्रयास नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुदिप खनालले बताए । मर्मतका लागि काम गर्ने स्थानीयलाई दैनिक हिसावले ज्याला स्वरुप रकम उपलब्ध गराउने पनि खनालले जानकारी दिए ।
२०६३ सालमा निर्माण सम्पन्न गरी संचालनमा आएको नहरबाट गजुरी गाविसको वडा नम्बर २, ४ र ८ का एक सय ६० घरधरीका १५ सय १० जना प्रत्यक्ष लाभान्वित छन् । नहरको पानीले त्यस क्षेत्रका करिब २८ सय रोपनी खेतमा सिंचाई सुविधा पुगेको गजुरी ४ का वडा संयोजक प्रदिप कँडेलले जानकारी दिए ।मलेखु खोला र तुदीखोला गरी २ स्थानमा बाँध बनाएर गाउँसम्म ल्याइएको आँपटार सिंचाई आयोजनाको लम्बाई १६ किलोमिटर रहेको पनि कँडेलले जानकारी दिए ।

संचालनमा आउन थालेदेखि मर्मत हुन नसकेको नहर मर्मतसंगै स्थानीयहरु खुसी भएका छन् । ‘श्रमदान जुटाएर भएपनि मर्मत नगरी नहुने अवस्थामा पुगेको थियो, हामीले ठुलो अवसर पाएका छौं’ गजुरी ४ का नवराज कँडेलले भने । काम पनि हुने दाम पनि आउनी भएपछि हामी सबै मिलेर काम गरिरहेका छौं ।’ अहिले नहर मर्मतमा दैनिक २९ जनाले नियमित काम गरिरहेका छन् ।
नहर संचालनमा आएपछि अहिले त्यस क्षेत्रका खेतमा वर्षमा तीन बाली खेती हुदै आएको छ । वर्षमा दुई पटक धान र एक पटक तरकारी खेती गरिरहेका स्थानीय सिर्जना सिलवालले जानकारी दिइन् । बाँधबाट सिंचित क्षेत्रसम्म पानी ल्याइपु¥याउन डुँडेठाँटी स्थित तुदीखोलामा झोलुङ्गे पुल निर्माण गरी सोही पुलमाथीबाट पाइप मार्फत खेतबारी भएको जमिनपट्टि पानी कटाइएको छ ।

About The Author

अन्य समाचारहरु: