प्रकाशित २०७२ षौष ५ गते आइतबार
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र वल्र्ड भिजन ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका सल्यानकोट,गुम्दी,खाल्टे,कटुन्जे,जीवनपुर गाविसमा संचालन हुने Nepal Earthquake Response अन्र्तगत Education in Emergency and Child Protection Programme का लागि १ जना कार्यक्रम संयोजक, १ जना कार्यक्रम अधिकृत, २ जना फिल्ड अधिकृत, १ जना लेखा अधिकृत तथा ६ जना सामाजिक परिचालक आवश्यक परेको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७२ षौष १० गते कार्यालय समय भित्र उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेदवारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
विज्ञापन नं :– १८, ०७२/०७३
पद : कार्यक्रम संयोजक आवश्यक संख्या १ जना
मुख्य जिम्मेवारीहरुः
– Education in Emergency and Child Protection Programme योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने,
– बिद्यालयहरुमा बालमैत्री कार्यक्रमहरु संचालन गर्ने
– बिद्यालय मर्मत सम्भार सम्बन्धि कार्यक्रमहरु संचालन र सहजीकरण गर्ने,
– बालमैत्री बिद्यालय र बालमैत्री स्थानीय शासन तथा बर्तमान शिक्षा ऐनको परिधिमा रहि बिद्यालयहरुलाई सहयोग गर्ने ।
– समुदायमा आधारित बाल संरक्षण लगायत अन्य बाल अधिकार परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
– वालक्लव, शिक्षक अभिभावक संघ,व्यवस्थापन र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने ।
– जिल्ला स्थित सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।
शैक्षिक योग्यता र अनुभव विवरणः
– शिक्षा बिषयमा स्नातक तह (B.Ed. वा सो सरह) पास गरी ४ बर्ष अनुभव भएको । कार्यक्रम संयोजक वा सो सरहको पदमा २ वर्षको अनुभव भएको,
– परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको,
– शिक्षा, बिद्यालय पोषण स्वास्थ्य,पूर्वाधार निर्माणका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
– मानवीय जनशक्ति परिचालन सीप भएको ।
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , Power Point मा राम्रो दक्षता भएको
– तालिम सहजिकरण सीप भएको,
– अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको,
– नेतृत्वदायी सीप भएको,
– असहज परिस्थितीमा कार्यसम्पादन गर्न सक्ने,
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको,
विज्ञापन नं :– १९, ०७२/०७३
पद : कार्यक्रम अधिकृत आवश्यक संख्या १ जना
मुख्य जिम्मेवारीहरुः
– Education in Emergency and Child Protection Programme योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने
– बिद्यालयहरुमा बालमैत्री कार्यक्रमहरु संचालन गर्ने
– बिद्यालय निर्माण सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने
– बालमैत्री बिद्यालय र बालमैत्री स्थानीय शासन तथा बर्तमान शिक्षा ऐनको परिधिमा रहि बिद्यालयहरुलाई सहयोग गर्ने ।
– समुदायमा आधारित बाल संरक्षण लगायत अन्य बाल अधिकार परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
– वालक्लव, शिक्षक अभिभावक संघ,व्यवस्थापन र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने ।
– जिल्ला स्थित तथा स्थानीय सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।
शैक्षिक योग्यता र अनुभव विवरणः
– शिक्षा बिषयमा स्नातक तह ( B.Ed. वा सो सरह) पास गरी २ बर्ष अनुभव भएको । कार्यक्रम अधिकृत वा सो सरहको पदमा २ वर्षको अनुभव भएको,
– प्रतिवेदन लेखनमा राम्रो दखल भएको,
– शिक्षा, बिद्यालय पोषण स्वास्थ्य,पूर्वाधार निर्माणका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
– मानवीय जनशक्ति परिचालन सीप भएको ।
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , Power Point मा राम्रो दक्षता भएको
– विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको
– अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको,
विज्ञापन नं :– २०, ०७२/०७३
पद : फिल्ड अधिकृत आवश्यक संख्या २ जना
मुख्य जिम्मेवारीहरुः
– Education in Emergency and Child Protection Programme योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने
– बिद्यालयहरुमा बालमैत्री कार्यक्रमहरु संचालन गर्ने
– बिद्यालय निर्माण सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने
– बालमैत्री बिद्यालय र बालमैत्री स्थानीय शासन तथा बर्तमान शिक्षा ऐनको परिधिमा रहि बिद्यालयहरुलाई सहयोग गर्ने ।
– समुदायमा आधारित बाल संरक्षण लगायत अन्य बाल अधिकार परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
– वालक्लव, शिक्षक अभिभावक संघ,व्यवस्थापन र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने ।
– स्थानीय सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।
शैक्षिक योग्यता र अनुभव विवरणः
– शिक्षा बिषयमा स्नातक तह ( B.Ed. वा सो सरह) पास गरी १ बर्ष अनुभव भएको वा शिक्षा विषयमा १०+२ ( I.Ed. वा सो सरह) पास गरि ३ वर्ष अनुभव भएको , प्रतिवेदन लेखनमा राम्रो दखल भएको,
– शिक्षा, बिद्यालय पोषण स्वास्थ्य,पूर्वाधार निर्माणका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
– मानवीय जनशक्ति परिचालन सीप भएको,
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , Power Point मा राम्रो दक्षता भएको
– विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको,
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको,
विज्ञापन नं :– २१,०७२/०७३
पद : लेखा अधिकृत संख्या : १
प्रमुख जिम्मेवारीहरुः
– दैनिक लेखापालको रुपमा काम गर्ने । संस्थाको आर्थिक नियमावलिलाई कार्यान्वयन गर्ने ।
– मासिक तथा वार्षिक कार्ययोजना र कार्यान्वयनमा आर्थिक व्यवस्थापन गर्ने ।
– सामाग्री खरिद दाखिला,निकाशा,तथा ढुवानीका साधन व्यवस्थापन गर्ने ।
– कार्यक्रममा कार्यरत कर्मचारी तथा संस्थाका पदाधिकारीहरुसँग समन्वय,सहकार्य गर्ने ।
– बजेट कार्यान्वयन योजना तथा मासिक,त्रैमासिक प्रतिवेदन तयार गर्ने ।
– कार्यक्रमसँग समन्वय र मावबीय जनशक्ति परिचालन ज्ञान सीप विकासमा सहयोग गर्ने
योग्यता :
– लेखा तथा सामाग्री व्यवस्थापन सम्बन्धमा ज्ञान र सीप भएको
– व्यवस्थापन बिषयमा स्नातक तह उत्र्तिण भई लेखा व्यवस्थापन क्षेत्रमा २ वर्षको कार्य अनुभव प्राप्त वा व्यवस्थापन बिषयमा प्रमाण पत्र तह उत्र्तिण भई लेखा व्यवस्थापन क्षेत्रमा ५ वर्षको कार्य अनुभव
– सामाग्री खरिद,स्टोर व्यवस्थापन,वितरण अनुभव भएको ।
– टीम परिचालन तथा सहजिकरण सीप भएको ।
– लेखा सफ्ट्वायर संचालन सम्बन्धि ज्ञान तथा सीप भएको
– कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , power point मा राम्रो दक्षता भएको)
विज्ञापन नं :– २२,०७२/०७३
आवश्यक संख्या : सामाजिक परिचालक (६ जना)
प्रमुख जिम्मेवारीहरुः
– बिद्यालय व्यवस्थापन र बिद्यालयको शैक्षिक विकासका लागि विषयहरुको सवाल उठान तथा सहजीकरण गर्ने,
– शैक्षिक परामर्श तथा तालीममा सहजिकरण गर्ने,
– बाल मैत्री शिक्षा तथा कक्षा कोठा व्यवस्थापन र मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग,
– दिगो पूर्वाधार निर्माण लगायत विभिन्न विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने,
– समावेशी बाल क्लब गठन तथा पूर्नगठन र परिचालन र अनुगमन गर्ने,
– शैक्षिक विकासका लागि समुदाय परिचालन गर्न बिद्यालयलाई सहयोग गर्ने,
– मासिक प्रतिवेदन तयार गर्ने,
– स्थानीय स्तरका संघसंस्थासंग समन्वय र सहकार्य गर्ने ।
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
– कम्तीमा १०+२ पास गरेको,
– शिक्षा क्षेत्रमा÷समुदाय परिचालनमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको,
– मनोसामाजिक परामर्श सम्बन्धि अनुभव भएको र पराशर्म सीप भएको,
– बाल क्लब,समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको,
– एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको,कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्नसक्ने)
– समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको,दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहने
परिक्षाको किसिम : लिखित,प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना : प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेल : [email protected]
करार अवधि : १० महिना
पारिश्रमिक : संस्थाको नियम अनुसार हुनेछ
दरखास्त बुझाउने अन्तिम मिति : २०७२ षौष १० गते कार्यालय समय सम्म
(नोट : पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ ।)
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ