अस्मिता खतिवडा / ३ पुस, धादिङ – पुष महिनाको चिसो ठण्डी, त्रिपालमुनिको कष्टकर जिवनशैली, खाने लाउने के हो अत्तोपत्तो छैन । साथमा ४ जना स–साना लालाबच्चा छन् । ३ वर्ष अघि श्रीमान्ले कान्छी विहे गरेपछि आर्थिक सहायता त परको कुरा श्रीमानको मुखै सम्म पनि देखिएको छैन । उत्तरी धादिङको रि गाऊँ विकास समिती वडा नंबर ९ कराङकी खममाया तामाङको जिवन यतिबेला समस्यै समस्याले झेलिएका छन् । भएका अन्ननपात जति भुकम्पले तहस नहस बनायो, जग्गा जमिन चिरा परेका छन्, यतिबेला न घर छ, न जग्गा जमिन, न श्रीमानको साथ नै । छोराछोरीलाई मिठो खुवाऊन त के भोक मेट्न गरि खुवाउन सम्म खुवाउन पाउनुभएको छैन खममायाले । के खाने ?, के लाऊने ?, कसरी बालबच्चा हुर्काऊने भन्ने चिन्ताका विच सरकारले गाऊँ फर्क भन्ने आदेश जारी गरेपछि झन्, चिन्ताले सिमा नाघेको खममाया बताऊनुहुन्छ । गाउँ फर्कने बाटो छैन कसरी फर्कने ?, कहाँ बस्ने, के गरि खाने ?, बालबच्चालाई कहाँ पढाऊने, विरामी हुँदा उपचार कहाँ र कसरी गराऊने ? खममाया यस्तै यस्तै प्रश्न मनमा खेलाउनुहुन्छ अनि ४ वर्षिय सानो छोरो काखमा च्याप्दै टोलाउन थाल्नुहुन्छ ।
उता लापा २ धादिङका टेकबहादुर तामाङको नाममा थोरै थोरै भएपनि तिन ठाउँमा जग्गा जमिन छ । तर अहिले भुकम्पका कारण पहिरिएर न घर बनाउने जग्गा छ, न त खेतीपाती गरी खाने जमिन नै बाकी रह्यो । आफ्नो नाममा भएको जग्गा जमिन पहिरोको थुप्रो बनेपछि अहिले जिल्लाको सदरमुकाम नजिकै अरुको जग्गामा शरण लिएर बस्दै आउनुभएको छ । नेपाल सरकारले विस्थापित भुकम्प पिडितलाइ गाउँ फर्काउने कुरा गर्दा भुकम्पबाट बाचेको ज्यान कसरी बचाउँ भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । तामाङ भन्नुहुन्छ–“बैशाख १२ को भुकम्पबाट बल्लतल्ल ज्यान जोगाएर धन्सारपाखा शिविरमा रहँदै आएका छौँ । सरकारले गाऊँ फर्क भन्दै छ । चिरा परेको जग्गा, धाँजा फाटेको जमिन र अस्तव्ययस्त बनेको गाऊँमा के गर्न जाने, कसरी जाने ? धेरै चिन्ता परिरहेको छ । ”
लापा २ धादिङका टेकबहादुर तामाङको जस्तै भोगाइ छ, सोहि गाविसकी टेकजोम तामाङको पनि । पहिरोले झारेको ढुङ्गा हम्मरले फुटाएर हटाऊने थाल्ने हो भने एक वर्षसम्म पनि भ्याईदैन । गाऊँमा घर बनाउने ठाउँ छैन । सरकारले फर्केर जाऊ भन्छ । अर्काले त शिविरमा सुखसँग बस्न पाका छन् किन जान्थे र भन्लान, गरिखाने एक सुर्का जग्गा पनि नभएको कस्लाई के थाहा ? लापाबासी त परै जाओस उद्धार गर्ने सुरक्षा कर्मी समेत पुग्न नसकेको गाउँमा फर्केर जाऊ भन्छ सरकार । हामी कसरी जाने ?
धादिङका अधिकांश भुकम्प पिडितको ओत लाग्ने छहारी मात्र भत्किएन, गरिखाने जग्गा जमिन पनि खोसियो । स्वदेशमै परदेशी बनेका भुकम्प पिडित आफ्नै थातथलोमा फर्कन चाहन्छन् तर आधारभूत आवश्यकता पुरा गरिदिनुपर्ने माग छ लापा २ धादिङका लोकबहादुर तामाङको । “तिन चार साल लगाएर बनाएको अन्नपात पुरिएको छ । अस्ति गएर खोतालेको सबै उम्रिसकेछ । गाऊँ माथीबाट आएको पहिरोले कुन कस्को जग्गा हो भन्ने पनि राम्ररी चिनिंदैन । स्वास्थ्य चौकी, विद्यालय, खानेपानी त परको कुरा गाऊँ जाने बाटो सम्म पनि छैन । यस्तो अवश्थामा गाऊँ फकिएर के खाने ?, कहाँ बस्ने ? त्यसैले पनि सरकारले गाऊँको वास्तविक अवश्था बुझेर मात्रै गाऊँ जाउ जान भने हुन्थ्यो, आधारभुत आवश्यकता सम्म पनि परिपुर्ती नहँदा हामी कसरी जाने । ”
लापाका पिडितलाइ भुगर्भविदले सुरक्षित छ छैन चेकजाँच गरिदिए गाउँ फर्किउला भन्ने आशा छ । तर झार्लाङ २ र ३ का पिडितलाइ भने आफ्नो थातथलो पहिले नै असुरक्षित भएको जानकारीे छ । तैपनि नेपाल सरकारको गाउँ फर्किने चित्त नबुझ्दो कुरा सुन्दा झार्लाङबासीको जिउ ढक्क फुलेर आउछ । असुरक्षित छ भन्ने थाहा हुदाहुदै गाउँ फर्केर जाउ भन्छ भने हाम्रो जिम्मा सरकारले लिनुपर्छ भन्नुहुन्छ, झार्लाङ २ धादिङकी प्रमिला मायाँ तामाङ ।
“मेरो घर दुइवटा पहिराको विचमा छ । जग्गा जमिन पहिरोले च्यापेको छ । माथिल्लो गरा भासिएर आफ्नै तल्लो गरामा बसेको छ । गाऊँ गएर जग्गा जमिन सम्माउन छ सात महिना लाग्ला । खेती पाती बनाउन पाच छ महिना । त्यति बेलासम्म के खान,े खानको समस्या , पानीको समस्या छ । धेरैको समस्या छ । त्यहि पनि सरकारले त्यहा बस्न हुदैन भनेर यहासम्म बोलाउनु भा । अहिले जाउ कि जाउ भनिरनुभाछ । गएर के गर्ने होला सरकारले हेर्दिनु प¥यो । त्यही कुरामा धेरै दुख परिराछ । घर गएर मरियो भने त । त्यो जिम्मा लिन सक्छ सरकारले ? । गाउँमा जादा के गर्ने के लाउने के खाने चिन्ता लागिराछ । व्यवस्था गरिदिनु प¥यो । अझ वर्खाको समयमा के गर्ने । झार्लाङको पहिरो भने पछि सबै डराउछन् । विचमा छौ हामी पहिरोको । यता न उताको विचमा हामी दोधार भैरहेका छौ ।”
बैशाख १२ गतेको भुकम्प र भुगर्भविदले आफ्नो गाउँ सुरक्षित छैन भनेको हिजो जस्तै लाग्छ, झार्लाङ २ धादिङका मदन तामाङलाइ । तर अव आफ्नै गाउँ फर्कने उर्दिले ठुलो चिन्ता थपेको छ । दुइवटा पहिरोको विचमा रहेको गाउँमा ओत लाग्ने सानो झुपडी पनि भत्कियो । अहिले आफ्नो र अरुको नचिन्ने गरि जग्गामा पहिरो गएपछि शिविरमा कष्टकर दैनिकी चलाउदै हुनुहुन्छ । यस्तो अवस्थामा गाउँ फर्केर जाउ भन्दा भुकम्पले दिएको घाउमा नुनचुक छर्के जस्तै भएको बताउनुहुन्छ, झार्लाङ २ धादिङका मदन तामाङ ।
“भुकम्प आइसकेपछि सरकारले भुगर्भविदले १ र २ वडा जोखिम पुर्ण छ भनेर प्रमाणित भैसकेपछि हामी यहा आएको हो । सरकारी पक्षले आफ्नो घर जानुपर्दछ भनिराखेको छ । त्यहा गएर घर कसरी बसाल्ने ? टाउको को जुम्रा हटाए जस्तो त्यतिकै जाउ मात्र भनेर भएन । व्यवस्थित तरिकाले मात्रै पठाउनु प¥यो भनेर हामी आग्रह अनुरोध गर्न चाहन्छौ । ”
आफ्नो थातथलो छाडेर जिल्लाको सदरमुकाम आसपास बसीरहेका पिडितको यो चाहना होइन बाध्यता हो । आधारभूत आवश्यकता पुरा गरिदिए र आफ्नो गाउँ चेकजाच भए तत्काल गाउँ फर्कने भुकम्प पिडित बताउछन् । तर नेपाल सरकारको ढिला सुस्तिका कारण पिडितलाइ गाउँ फर्काउने भनेको महिनौ वितिसक्दा समेत कुनै टुङ्गो लाग्न सकेको छैन ।
अहिलेसम्म अरुकै भरमा मिठो मसिनो जो गर्दै आएका भुकम्प पीडित पहिरोले पुरिएको थातथलोमा फर्केर खाटो बसेको घाउ फेरी कोट्याउन चाहदैनन् । तर, भूकम्पबाट विस्थापित भएकालाई व्यवस्थित गर्न नसक्दा भुकम्प पिडित घरको न घाटको बनेका छन् ।