२ पुस, पेरिस । जलवायु परिवर्तनसँग सम्बन्धित २१ औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप-ट्वेन्टी वान) मा नेपाल राष्ट्रिय जलवायु योजना (आर्एएनडीसी) खाका नबुझाई फर्किएको छ । फ्रान्सको पेसिरमा यसै साता सम्पन्न भएको कार्यक्रममा आन्तरिक कारण देखाई नेपाली पक्षले यस्तो योजना प्रस्तुत नगरेको हो । |
आईएनडीसी खाका नबुझाएपछि अन्तर्राष्ट्रिय सभामा नेपाली पक्ष कार्बन कम गर्ने विषयमा मात्रै भाषण गरेर फर्किएको छ । खाका नबुझाएकाले आगामी दिनमा जलवायु परिवर्तन न्यूनिकरणमा गर्ने स्पष्ट कार्यक्रमको खाका, मुलुकका लागि आवश्यक पर्ने वैदेशिक निकायको सहयोगलगायत मुख्य विषय प्रस्तुत गर्ने अवसर नेपालका लागि गुमेको छ ।